कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लियो

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई प्रहरीले कार्यकक्षबाटै नियन्त्रणमा लियो
तस्बिर : अभिषेक महर्जन

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिरोहियालाई थापाथलीस्थित मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो। नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो। पक्रेर लैजाँदै गर्दा उनका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए।

null

कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताए। त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राज्यले लोकतन्त्रको उपहास भएको बताए। 

यसअघि सिरोहियालाई पक्राउ पूर्जी जारी भएको थाहा भएपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर मुख्यालय पुगेका थिए। कांग्रेस सांसदहरू रामहरि खतिवडा, पूर्वपराष्ट्रमन्त्री एनपी साउद, राजेश थापा, दीपक गिरी, कुसुम थापा, रामकृष्ण यादव, उद्योगी उपेन्द्र महतोलगायत कान्तिपुर मुख्यालय पुगेका थिए।

null

कान्तिपुर मुख्यालय पुगेका कांग्रेस नेताहरूले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेस र लोकतन्त्रमाथिकै आक्रमण भएको बताएका थिए। उनीहरूले अध्यक्ष सिरोहियालाई भेटेर कांग्रेस सधैं प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धता जनाएका थिए।

null

आजै संसदमा पनि कांग्रेसका सहमहामन्त्रीसमेत रहेका बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले रिसबी साँध्नेगरी सिरोहियामाथि पक्राउ पूर्जी जारी गरेको बताएका थिए। 

null

null

यसअघि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको बताएका थिए। राज्य शक्तिको दुरुपयोग गरेर कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित् पनि विचलित नहुने उनको भनाइ छ। पक्राउपछि अध्यक्ष सिरोहियाले स्वयं गृहमन्त्री लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको र त्यसउपरसमेत राज्यले छानबिन गर्नेमा आफू विश्वस्त रहेको बताए।

त्यस्तै नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साधेको भन्दै भर्त्सना गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, 'व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लगाएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछौं।'

तस्बिर स्रोत : कान्तिपुर अनलाइन


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.