ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ
काठमाडौं : ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दाका प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) बर्दघाट नगरपालिका-१४ घर भई हाल काठमाण्डौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ३६ वर्षीय मनिलाल बिक रहेका छन्। ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले गत वैशाख २ गते पक्राउ गर्न अनुमति दिएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो। आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !