प्रतिनिधिसभा बैठकमा कांग्रेससहित विपक्षी दलको अवरोध
काठमाडौं : संघीय संसदअन्तरगतको प्रतिनिधिसभा बैठक सुरू भएको छ। बैठक सुरू हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध जनाएका छन्।
सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेससहित विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्।