संविधानका आधारभूत विषयहरूलाई चलाउन हुँदैन : महामन्त्री थापा


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन्। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भएपनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन्। 

उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे। पाँच/पाँच वर्षमा हुने निर्वाचनमा दलहरु जित्ने हार्ने स्वभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए।  

महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभएपनि नेतृत्व बदल्ने कुरा महत्वपूर्ण भएको उल्लेख गरे। उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्रीभन्दा राम्रोसँग देश चलाउन सक्ने बताए।

थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभइ अहिलेको अवसरलाई नै सदूपयोग गरेर देश र जनताको सम्मुन्नतीका लागि काम गर्नुपर्ने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.