विराटनगरबाट ब्राउन सुगरसहित एक पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित एक पक्राउ
सुन्नुहोस्

विराटनगर : विराटनगरको रानी क्षेत्रबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  सुनसरीको इटहरी उपमहानगरपालिका–५ घर भएका ३२ वर्षीय सुरज चौधरीलाई आइतबार साँझ ५ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट चौधरीलाई पक्राउ गरेको हो । 

भारतको जोगवनी पुगेर ब्राउन सुगर खरिद गरी पैदल नै नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो । त्यस क्रममा चौधरीको साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४.०६ ग्राम बरामद भएको डीएसपी बस्नेतले बताए । 

आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएका उनीविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका सम्बन्धमा रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ । प्रहरीले लागूऔषधको ओसारपसार, बेचबिखनलगायतका अवैध गतिविधि नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.