नशामुक्त नगर बनाउने अभियानमा भद्रपुर नगरपालिका

नशामुक्त नगर बनाउने अभियानमा भद्रपुर नगरपालिका
सुन्नुहोस्

झापा : भद्रपुरमा लागु पदार्थविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। नवयात्रा पुनर्स्थापना केन्द्र मेचीनगरको आयोजना तथा भद्रपुर नगरपालिकाको सहकार्यमा भएको कार्यक्रममा भद्रपुर–२ का लागुऔषधको कुलतमा फसेका युवाहरूलाई त्यसबाट मुक्त गराउन सचेतना दिइएको थियो। 

पछिल्लो समयमा लागुऔषध सेवनकर्ताको अवस्था जिल्लामा भयावह बन्दै गइरहेकोले त्यसको न्यूनीकरण, रोकथाम तथा नियन्त्रणका लागि सीमावर्ती बासिन्दालाई लक्षित गरी नशामुक्त नगर बनाउन नगरपालिकाले यस्तो अभियानको थालनी गरेको नगरप्रमुख गणेश पोखरेलले बताए। 

नगर क्षेत्रमा लागुऔषधको दुर्व्यसन र ओसारपसारमा फसेका युवाहरूको पहिचान गरी यसरी नै नगरभरि सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै लैजाने उनले बताए। 

कार्यक्रममा सहभागी २५ जना सेवनकर्तालाई केन्द्रका अध्यक्ष भीम लुइँटेल र अर्जुन राईले सहजीकरण गरेका थिए। उनीहरूले लागु औषध सेवनबाट हुने बेफाइदा, यसले घर तथा समाजमा पार्ने असर, यसबाट मुक्त हुने उपायका बारेमा जानकारी गराएका थिए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.