झापामा पोलियोविरुद्धको आइपीभी खोप जेठ १६ गतेदेखि

झापामा पोलियोविरुद्धको आइपीभी खोप जेठ १६ गतेदेखि
सुन्नुहोस्

झापा : नियमित आइपीभी पोलियोविरुद्धको खोपबाट वञ्चित भएका बालबालिकाहरूलाई यही जेठ १६ गतेदेखि खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ। 

२०७३ वैशाख महिनादेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकाहरूलाई विद्यालयमा गएर सुईबाट खोप लगाइने अभियान जिल्लामा सुरु हुन लागेको स्वास्थ्य कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले बताए। अभियान जेठ १६ देखि २२ गतेसम्म सञ्चालन हुनेछ। 

सरकारले २०७१ सालदेखि देशभर आइपीभी खोप अभियान सुरु गरेका थिए। २०७३ सालमा विश्वभर आइपीभी पोलियोविरुद्धको खोप अभाव भएको थियो। सो खोप २०७५ साल असोजपछि मात्र आएको थियो। त्यसैले सो अवधिमा छुटेका बालबालिकाहरूलाई खोप लगाउन लागेको खोप अधिकृत पोखरेलले बताए। 

स्वास्थ्यको तथ्याङ्क अनुसार ४५ हजार ६४८ बालबालिका खोपबाट वञ्चित भएका थिए। जिल्लाका विद्यालयबाट संकलन गरिएका बालबालिकाको सङ्ख्या ५८ हजार ३२६ जना रहेको छ। विद्यालयमा खोप अभियान सञ्चालनका लागि ५५२ खोप केन्द्र, ४९४ स्वास्थ्यकर्मी र ८३६ स्वयंसेवक परिचालन गरिने उनले बताए। लक्षित समूहका बालबालिकालाई एक मात्राको आइपीभी खोप लगाएर पोलियो रोगविरुद्धको प्रतिरोधविरुद्धको क्षमता कायम गर्नु नै यो अभियानको मुख्य लक्ष्य रहेको उनको भनाइ छ। 

खोप लगाउने लक्षित वर्गले खोप लगाइसकेपछि अनिवार्य खोप कार्ड पाउने छन् र उक्त कार्ड सुरक्षित राख्नु पर्ने हुन्छ। पोलियो भाइरस तीन प्रकारको रहेको छ। यो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्छ। तर, ५ वर्षमुनिका बालबालिका बढी जोखिम रहेको उनले बताए। डब्लुपीभी टु र डब्लुपीभी थ्री उन्मुलन भइसकेको छ। पछिल्लो समयमा पोलियोका नयाँ बिरामी अफगानिस्तान र पाकिस्तानमा देखिएकाले यसको जोखिममा नेपाल पनि रहेकोले यो खोप अभियानलाई सरकारले नै निरन्तरता दिँदै आइरहेको उनले बताए।  

पोलियो भाइरस दूषित पानी, खानेकुराबाट एकबाट अर्को व्यक्तिमा सर्ने, संक्रमित २०० जना मध्ये एक जनामा पक्षघातका हुने, प्राय गरेर खुट्टा र हातमा हुने, पोलियोबाट पक्षघात भएका मध्ये ५ देखि १० प्रतिशतमा श्वासप्रश्वास मांसपेशी नचल्ने र मृत्यु हुने जनाइएको छ। सञ्चारकर्मीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठक, जनस्वास्थ्य निरीक्षक अधिकृत विश्वनाथ श्रेष्ठलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन नर्सिङ अधिकृत सुनिता राईले गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.