ठगीमा संलग्नलाई कारवाहीका लागि सिफारिस गर्ने अधिकार

सहकारी ठगी प्रकरण : संसदीय छानबिन विशेष समितिको म्याद ३ महिना तोकियो

सहकारी ठगी प्रकरण : संसदीय छानबिन विशेष समितिको म्याद ३ महिना तोकियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलको प्रतिवेदन बुझाउँदै। तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सहकारी ठगी प्रकरणमा गठित संसदीय छानबिन विशेष समितिको म्याद तीन महिना तोकिएको छ। मंगलबार संसदीय छानबिन समिति गठित कार्यदलले विशेष समितिको म्याद ३ महिना तोकेकोको कार्यदलका संयोजक कानुनमन्त्री पदम गिरीले जानकारी दिए।

उनका अनुसार समितिलाई सहकारी ठगीमा संलग्नहरूलाई कारवाही गर्न सिफारिसको अधिकार दिइएको छ। कार्यदलको बैठकपछि कानुनमन्त्री पदम गिरीले लामो प्रयासपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी वित्तीय संस्थामा रकम अपचलनबारे उठाउँदै  आएको विषयमा सहमति भएको बताए। छानबिन समिति गठनमा सहमति भएसँगै संसदको गतिरोध हट्ने उनको भनाइ छ।

सहमति भएसँगै कार्यदल सदस्यहरुले सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई कार्यादेशको अन्तिम प्रतिवेदन बुझाएको छन् । सो क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेकोमा  कार्यदल संयोजकसहित सबै सदस्यहरूलाई धन्यवाद दिएका छन्।

छानबिन समितिले सहकारी संस्थाहरूमा देखिएको सङ्कट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन,सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सुझाव दिनेछ। समितिले समग्र सहकारीको संरचनात्मक समस्या हेर्ने,समस्याग्रस्त सहकारीको विषय हेर्ने,गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित व्यक्तिमाथि छानविन गर्ने र गोरखा मिडिया नेटवर्कमा पैसा गएका सहकारीको छानबिन गर्ने अधिकार दिइएको छ।

कार्यदलले ७ सदस्यीय छानबिन समिति बनाउने निर्णय गरेको छ। समस्याग्रस्त र सार्वजनिकरुपमा प्रश्न उठेका २० वटा सहकारी संस्था र अनुसूची २ मा ९ वटा सहकारीमाथि खोजविन र छानबिन हुने भएको छ। 

अनुसूचि १

  • १   ओरेण्टल को–अपरेटिभ लिमिटेड
  • २    स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
  • ३    प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट को–अपरेटिभ
  • ४    प्रभु बचत तथा ऋण सहकारी संस्था
  • ५    कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ
  • ६    कन्जुमर बचत तथा ऋण सहकारी संस्था
  • ७    कुवेर बचत तथा ऋण सहकारी संस्था
  • ८    चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ 
  • ९    भेगास बचत तथा ऋण सहकारी संस्था
  • १०    स्ट्याण्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड
  • ११    सोसाइटल बचत तथा ऋण सहकारी संस्था
  • १२    लु:निभा बहुउद्देश्यीय सहकारी संस्था
  • १३    पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड
  • १४    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
  • १५    तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
  • १६    हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
  • १७    कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
  • १८    कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
  • १९    लालीगुरास बहुउद्देश्यीय सहकारी संस्था
  • २०    गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड

अनुसूचि २

  • १    आईडियल यमुना बहुउद्देश्यी संस्था
  • २    ईमेज बचत तथा ऋण सहकारी संस्था लि 
  • ३    सहारा बचत तथा ऋण सहकारी
  • ४    समानता वचत तथा ऋण सहकारी
  • ५    सानो पाइला वचत तथा ऋण सहकारी
  • ६    सुप्रिम बचत तथा ऋण सहकारी, 
  • ७    सूर्यदर्शन बचत तथा ऋण सहकारी, 
  • ८    सुमेरू बचत तथा  ऋण सहकारी
  • ९     स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी
     

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.