भन्सार छलीका रासायनिक मल बरामद

भन्सार छलीका रासायनिक मल बरामद

नुवाकोट :  भन्सार छलि गरेर ल्याइएका ठुलो परिमाणको रासायनिक मल नुवाकोटमा प्रहरीले बरामद गरेको छ। 

गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको बीचमा रहेको कोल्पुटारबाट प्रहरीले भन्सार छलि गरेर ल्याइएका एकसय बोरा भारतीय यूरिया मल नियन्त्रणमा लिई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बेलकोटगढी नगरपालिका-५ कोल्पुटारमा दुई वटा ट्रकमा भन्सार छली गरी ल्याएको ५०/५० गरि एकसय बोरा भन्सार छलिएका भारतीय यूरिया मल मल बरामद गरेको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए। उनका अनुसार अस्थायी प्रहरी पोष्ट कोल्पुटार प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बा४ख ३८६७ र ल३च २९१८ नम्बरको गाडीमा ल्याएको ५०/५० गरी एकसय बोरा यूरिया मल पनि प्रहरीले बरामद गरेको हो।

भन्सार छलि गरिएको मल बोक्न प्रयोग भएको सवारीसाधन र चालकहरुलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको नुवाकोट प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.