बरालिएको बजेट ट्याकमा ल्याउने काम भएको छ : स्वर्णिम वाग्ले
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको बताएका छन्। संसदमा बजेटमाथिको छलफलका क्रममा सांसद वाग्लेले बजेटले मुलुकको आर्थिक सुधारका आयामहरू खोलेको र यसअघि बरालिएको बजेटलाई यस वर्ष ट्रयाकमा ल्याउने काम भएको भन्दै अर्थमन्त्रीलाई शुभकामना दिए।
आर्थिक सुधारको नयाँ घोषणालाई कार्यान्वयन गर्न नयाँ ढंगले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । सांसद वाग्लेले हरेक वर्ष बजेट बढाउँदै लैजाने र मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्न उठ्ने गरेकाले यसमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
उनले बजेटको आकार केहि बढेको देखिए पनि जिडिपीको अनुपातमा यसवर्षको बजेट घटेर आएको दावी गरे।
प्रतिक्रिया दिनुहोस !