ऋणबाट मुक्त हुन छिमेकीको हत्या

ऋणबाट मुक्त हुन छिमेकीको हत्या

दोलखा : भीमेश्वर नगरपालिका-१ सुस्पा क्षमावतीका ७७ वर्षीय झिलकबहादुर विश्वकर्माको हत्या भएको छ। एक वर्षअघि छिमेकी गणेश घिमिरेलाई विश्वकर्माले २ लाख रुपैयाँ ऋणस्वरुप दिएका थिए।  

त्यही रकम फिर्ता माग्दा घिमिरेले हत्या गरेको प्रहरीले जनाएको छ। गत जेठ २० गते शंकास्पद अवस्थामा आफ्नै घरमुनि शव फेला परेको थियो। 

घिमिरे देवाली पूजा मनाउन घर आएका थिए।  ऋणबाट मुक्त हुनका लागि विश्वकर्माको हत्या गरेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए। घिमिरेले आफ्नै घरबाट हथौडा लिएर मृतकको घरमा गएर पछाडिबाट कञ्चडमा हानेर ढलिसकेपछि ढुंगाले घाटीमा थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। 

आरोपी घिमिरेलाई दोलखा प्रहरीले बिहीबार सार्वजनिक गरेको हो। हाल काठमाडौं हाँडीगाउँमा डेरा गरेर बस्दै आएका गणेश घिमिरे देवाली मनाउन गाउँ आएका थिए। 

हत्या लगत्तै परिवारलाई समेत जानकारी नदिई उनी गाउँ छाडेर काठमाडौं फरार भएका थिए। उनलाई काठमाडौं प्रहरीको सहयोगमा पक्राउ गरेर दोलखा ल्याइएको हो। उनलाई दोलखा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक खड्काले भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.