एमाले नुवाकोटको अध्यक्षमा मैनाली

एमाले नुवाकोटको अध्यक्षमा मैनाली

नुवाकोट : नेकपा एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्। विद्युतीय सामग्रीमार्फत भएको मतदानले अध्यक्षसहित एकसय १२ पदका लागि कार्यसमिति निर्वाचित गरेको हो। 

अध्यक्षमा निर्वाचित मैनालीले कुल खसेको ५९२ मतमध्ये तीनसय ४५ मत प्राप्त गरे। उनका निकटतम बद्धिबहादुर प्रधानले दुई सय ३७ मत पाए। अध्यक्ष पदका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत पाए। अध्यक्षमा निर्वाचित मैनालीको यो दोस्रो कार्यकाल हो।


उपाध्यक्षमा विजयी राजेन्द्ररमण खनालले तीनसय ४७ मत पाए। उनका निकटतम सुदर्शन नेपालले दुई सय ४५ मत ल्याए। सचिवमा विजयी शिवकुमार चित्रकारले तीनसय ६ मत र उनका निकटतम निलकण्ठ आचार्यले दुई  सय ८६ मत पाए। 

उपसचिव खुलामा राजेन्द्रप्रकाश पाण्डे तीनसय ३७ मत ल्याएर विजयी भए। निकटतम वीरबल तामाङले दुई सय ५५ मत पाए। उपसचिव महिलामा रुपा सापकोटाले दुई सय ८६ मत ल्याएर विजयी भइन्। उनकी निकटतम मंगलमाया प्रजापतिले दुई सय मत पाइन्। 

लेखा समितिको अध्यक्षमा विजयी प्रदीप घिमिरेले तीनसय १७ मत पाए। उनका निकटतम राजु तिवारीले दुई सय ७५ मत पाए। अधिवेसनमार्फत भएको निर्वाचनमा पदाधिकारीसहित अधिकांश पदमा अध्यक्ष बद्री मैनाली पक्षधर उम्मेदवारहरु विजयी भएका छन्। कुल ६ सय १७ मध्ये ५९२ मत खसेको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.