‘जसपापछि दोस्रो तारो हामी बनेका छौं’
अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्याउने प्रयास भयो : नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट भनिएकाहरु नै कम्युनिष्ट पार्टीको विरोधि भएको दाबी गरेका छन्। आइतबार नेपालमा समाजवादी क्रान्ति विषायक अन्तर्क्रिया कार्यक्रममा नेपालले अहिलेको सरकारले अध्यादेश ल्याएर एकीकृत समाजवादी पार्टीलाई स्वतन्त्र हैसियतमा पुर्याउने प्रयास भएको दाबी गरेका हुन्।
‘कम्युनिस्ट भनिएकाहरु नै कम्युनिष्ट पार्टीको विरोधि भएका छन्। कम्युनिष्ट भएकाहरुले नै कम्युनिष्टलाई सिध्याउन चाहिरहेका छन्। हाम्रो पार्टीलाई थाहा छ/छैन तपाईंहरुलाई, एउटा अध्यादेश ल्याएर हाम्रो पार्टीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्याएर अनि यो पार्टीका सबै मान्छेलाई जहाँ पनि जान दिने ? जसरी जसपालाई फुटाउने काम भयो त्यसपछि दोस्रो तारो हामी बनेका हौं।’ नेपालले भने,‘ यो यथार्थ बुझ्न सकेनौं भने हाम्रो गफले मात्र केहि हुनेवाला छैन।’