क्यानको विज्ञप्ति लगत्तै सन्दीप लामिछानेले लेखे -‘हेलो फ्रम वेस्ट इन्डिज’

क्यानको विज्ञप्ति लगत्तै सन्दीप लामिछानेले लेखे -‘हेलो फ्रम वेस्ट इन्डिज’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कम्तान सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा लामिछाने सहभागी हुने जानकारी दिएसँग सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।

वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध भएको जनाउँदै उनले आफ्नो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन्।

‘सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु’ उनले भनेका छन्,‘सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु।’ 

 

यो पनि पढ्नुहोस

उनले आफ्नो भिसा र क्यानका पदाधिकारीको नाम जोडेर भएका झूटा प्रचारको पछि नलाग्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कृपया मेरो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्नुहोस् जुन मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेका छन्। हाम्रा सबै क्रिकेट फ्यानहरू र  जसले मेरो लागि प्रार्थना गरे, म सधैं तपाईंको आशीर्वादको लागि आभारी रहनेछु।’

लामिछानेले आइसीसी र सबै सम्बन्धित आधिकारिक नेटवर्कहरूसँगको समन्वयले टी-२० विश्वकपमा भाग लिन सम्भव बनाएको जनाउँदै क्यानका पदाधिकारीलाई समेत धन्यवाद दिएका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.