अवैध रूपमा ल्याइएको काठसहित युवक पक्राउ

अवैध रूपमा ल्याइएको काठसहित युवक पक्राउ

नुवाकोट : नुवाकोटको कोलोनीमा अवैध रूपमा ल्याइएको काठसहित युवक पक्राउ परेका छन्। 

विदुर नगरपालिका-८ बगुवावट कोलोनी बजारतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ८६३३  नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेपछि गाडीसहितको काठ र युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत नगर प्रहरी कार्यालय कोलोनीबाट खटिएको प्रहरी अधिकृतसहितको प्रहरी जाँच टोलीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए। 

उनका अनुसार आवश्यक कागजात विना अवैध रुपमा ढुवानी गरेको टुनीको चिरुवा काठ ३५ थान फेला परेको थियो। आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय नुवाकोटमा बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.