ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना : तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना : तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

बुटवल : बुटवलमा जीप दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ। बुधबार राति पाल्पाको पर्यटकीयस्थल नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको जीप दुर्घटना हुँदा बुटवल उपमहानगरपालिका ११ का ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका ३ की  ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

५ जना सवारमध्ये दुई जना घाइते भएका छन्। घाइतेमध्ये बुटवल ९ की चन्दा श्रेष्ठको अवस्था गम्भीर छ। उनको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको र अर्की घाइते बुटवल- ११ की  लक्ष्मीता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको पण्डितले बताए। उनको अवस्था मध्यम रहेको  छ।

प्रहरीका अनुसार ओरालोमा अनियन्त्रित हुँदा जीप दुर्घटना भएको हो। जीप करिब एक सय मिटर तल जीप खसेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.