अचेत भेटिएका भारतीयको उपचारका क्रममा मृत्यु

अचेत भेटिएका भारतीयको उपचारका क्रममा मृत्यु

विराटनगर : विराटनगर महानगरपालिका–१८ भट्ट चोकमा अचेत अवस्थामा भेटिएका एक जना भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। 

भारतको अररिया सुकसैनाका ३२ वर्षीय गुजर मण्डलको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार गुजर विराटनगर–१८ का मनोज मण्डलको घरमा बसेर त्यहीँ काम गर्दै आएको खुलेको छ। 

उनलाई बिहीबार बिहान ८:३० बजेतिर अचेत भएर लडिरहेको अवस्थामा फेला पारेर घरधनीले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय बुधनगरबाट सइ उज्वल शाक्यको नेतृत्वमा घटनास्थल पुगेको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो। 

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएका गुजरको उपचारका क्रममा बिहान ११:५० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। डीएसपी बस्नेतका अनुसार भारतीय नागरिकको मृत्युको कारण यकिन भएको छैन। घटनाको अनुसन्धान सुरु गरिएको बस्नेतले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.