किसानहरूलाई कृषि उपकरण हस्तान्तरण

किसानहरूलाई कृषि उपकरण हस्तान्तरण

नुवाकोट : नुवाकोटको वुधसिंहघाटका किसानहरूलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ। विदुर नगरपालिकाले सहकारीमार्फत किसानहरूका लागि आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको हो। 

चालु आर्थिक वर्षमा सञ्चालित धानबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत नगरपालिकाले विदुर-३ स्थित वुधसिंघाट कृषि सहकारी संस्थालाई अनुदानमा चार प्रकारका कृषि यन्त्र तथा उपकरण तथा प्रविधि प्रदान गरेको हो। 

मेयर राजन श्रेष्ठले सहकारीका अध्यक्ष सन्जय राई तथा किसानहरूलाई दुई थान कम्माइन मिल, सानो तथा ठुलो मिनट्रिलर एक/एक थान र ६ थान हिलो सम्याउने उपकरण हस्तान्तरण गरेका हुन्। 

नगरपालिकाले ‘मकैबाली प्रवर्द्धन कार्यक्रम’अन्तर्गत विदुर १२ मा रहेको पारिजात साना किसान कृषि सहकारी संस्थालाई कृषि औजार, बिउ बिजनलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको छ। 

नगरपालिकाले आरन उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत लाभग्राहीको माग र सम्बन्धित वडा कार्यालयको सिफारिस अनुसार विदुर २ का भैरव कामी, विदुर ५ का लिलाकण्ठ सुनारलाई सुधारिएको आरनका लागि आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.