गुल्मीमा पुरुषको शव फेला
![गुल्मीमा पुरुषको शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_EG3BcvQm3S_g5pwmcglNC.jpg)
गुल्मी :गुल्मीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको इस्मा गाउँपालिका-१ जुकेपानीका ६२ वर्षीय ठगबहादुर रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बिगत चार दिनदेखि सम्पर्कवहीन भएका रानाको सोमबार दिउँसो मुसिकोट नगरपालिका-२ टारीडाँडाका पाटास्थित खेतको पाखामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
शवको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमाण्डमा रानाको शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याएको थियो। रानाको घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)