भारतबाट तस्करी गरी ल्याइएको ७१२ बोरा मल बरामद
![भारतबाट तस्करी गरी ल्याइएको ७१२ बोरा मल बरामद](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_jV7GQBQfCa_x2O7qXi7G9.jpg)
वीरगन्ज : वीरगन्जमा भारतबाट तस्करी गरी ल्याएर राखिएको ठूलो परिमाणको रासायनिक मल प्रहरीले बरामद गरेको छ। वीरगन्ज महानगरपालिका-१६ नगवास्थित वैष्णोदेवी मन्दिर अगाडिको बृजकिशोर महतोको घरमा गोदाम बनाएर भण्डारण गरी राखिएको अवस्थामा ५० केजी तौलका ७१२ बोरा मल प्रहरीले बरामद गरेको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नवलपरासीको कावासोतीका ज्ञान बहादुर महतोले नगवाका बृजकिशोरको घर भाडामा लिएर गोदाम बनाई भण्डारण गरेर राखेको ७१२ बोरा मल बुधबार साँझ बरामद गरेको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।
मलसँगै ज्ञान बहादुरलाई पनि नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए। बरामद उक्त मलको बजार मूल्य अन्दाजी १० लाख रुपैयाँ रहेको उनले बताए ।
बरामद मल र पक्राउ परेका ज्ञान बहादुरलाई शुक्रबार आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)