आगलागी पीडितलाई सहयोग

आगलागी पीडितलाई सहयोग

नुवाकोट : नुवाकोटको थर्पुका आगलागी पीडित महेन्द्र तामाङको उपचारका लागि सहयोग प्रदान गरिएको छ। 

ककनी गाउँपालिका ७ थर्पुका तामाङको  ग्यास सिलिन्डर लिक भई आगलागी भएर घाइते भएकाले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। 

उनलाई उपचारको लागि परेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै पूर्व बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको अगुवाइमा अस्पताल पुगेर संकलित रकम एक लाख आठ हजार रुपैयाँ बिरामीका भाइ इन्द्र लामालाई हस्तान्तरण गरिएको हो। 

सो रकम नेकपा(एमाले)को अगुवाइमा  पार्टी  सदस्यहरू, शुभचिन्तकहरूबाट संकलन गरी अस्पताल पुगेर हस्तान्तरण गरिएको कार्यक्रममा सहभागी दीपक कार्कीले जानकारी दिए। आगोले जलेर गम्भीर घाइते भएकी तामाङकी धर्मपत्नि बिपना तामाङको उपचारका क्रममा निधन भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.