कार्यकर्ता
नेताज्यू,
बत्ती नसम्झनुस् न मलाई !
बत्ती बनेर म तपाईंको
फोस्रा विचारको भित्तामा
यसकारण टाँसिन चाहन्न कि
जसले मेरो विवेकको स्विच
सजिलै अन्÷अफ गर्न सकोस् !
नेताज्यू,
बत्ती नसम्झनुस् न मलाई !
आराम
...र थाहा पाएँ
बोकेर हिँडिरहेछ समय
जिन्दगी नामको एउटा मान्छे ।
जसलाई,
न गल्दै समयको खुट्टा
न दुख्दै समयको पिठ्यू
थ्याच्च बिसाउने छ अनायासै
समयकै आदेशमा
समयकै चौतारीमा
त्यसपछि,
के परोस् निद्रा ?
के देखोस् सपना ?
के ब्युँझेला अर्को बिहान !