रेसुंगाको बजेट सार्वजनिक, कृषि तथा पर्यटन प्राथमिकतामा

रेसुंगाको बजेट सार्वजनिक, कृषि तथा पर्यटन प्राथमिकतामा

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ। शनिबार १५ औं नगरसभामा नगरप्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रेसुंगा क्षेत्रमा पर्यटनको विकास गर्न स्काई साइकिलिङ,जीपलाइन र घोडचडी जस्ता साहसिक खेलहरू सञ्चालन गर्ने नीति अगाडि सारिएको बताए। 

उनले रेसुंगासँगै समग्र गुल्मीको पर्यटन विकासका लुम्बिनी–तिलौराकोट–सुपादेउराली–रेसुङ्गा–वामी–बाग्लुङ्ग–मुक्तिनाथ–लोमान्थाङ्गलाई धार्मिक तथा पर्यटकीय मार्गका रूपमा विकास गरिने बताए। त्यस्तै देवघाट–रामपुर–राम्दी–रानीमहल–रुरु–रेसुङ्गा–बाग्लुङ्ग म्याग्दी गलेश्वर–तातोपानी–मुक्तिनाथ धार्मिक मार्गको रुपमा विकास गरी ‘जाउँ हिँड् रेसुंगा’ अभियानलाई निरन्तरता दिने नगरप्रमुख पन्थीले जानकारी दिए।

नगरपालिकाले स्वास्थ्य तर्फ जेठ नागरिकका समस्या पहिचान र समाधान गर्न ‘जेठ नागरिकसँग नगरपालिका’ गर्भवती महिला लक्षित ‘आमासँग उपमेयर’, ‘गुल्मी अस्पताल,मेरो अस्पताल’ आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न ‘स्वस्थ आमा स्वस्थ शिशु’ लगायतका नीति अगाडि सारेको छ। नगरभित्र दम, निमोनिया र स्वाशप्रश्वासका बिरामीलाई घरमै पुगेर सेवा प्रवाह गर्ने हेतुले ‘घरघरमा स्वास्थ्य सेवा’ अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

कृषितर्फ नगरपालिकाले नगरका किसानहरूको डिजिटल विवरण तयार गरी किसान परिचयपत्र उपलब्ध गराउने नीति उनले व्यावसायिक कृषि तथा पशुपालन गर्ने उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै ‘किसानसँग नगरपालिका’ कार्यक्रम सञ्चालन गरिने बताए। 

नगरपालिकाका वडाहरूलाई क्रमशः किशोर किशोरीमैत्री वडा घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै रेसुङ्गा नगरपालिका ९ स्थित हाटबजारमा योगा हल र रेसुङ्गा क्षेत्रमा मेडिटेसन हल स्थापना गर्न नीति रेसुंगाले लिएको छ। नगरपालिकाले शिक्षा, युवा तथा खेलकुद तर्फ सीप सहितको गुणस्तरीय शिक्षा रेसुङ्गा नगरपालिकाको अपेक्षा भन्ने मुल नारा नै अगाडि सारेको छ। 

स्नातकोत्तर सम्मको अध्ययन जिल्लाकै एक रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चलानार्थ आवश्यक आर्थिक सहयोग उपलब्ध गराइ अध्ययनका लागि विद्यार्थीको आकर्षण बढाउन जिल्लाका अन्य स्थानीय तहहरू सहकार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। गुल्मी जिल्ला र देशको जुनसुकै स्थानबाट एसईई परीक्षामा उच्च अंक प्राप्त गर्ने र रेसुंगा भित्रका विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आकर्षक छात्रवृत्तिको प्रबन्ध मिलाई पढ्न उत्प्रेरित नीति ल्याइएको छ। 

शिक्षण सिकाइलाई प्रभावकारी बनाई सिकाइ उपलब्धि र क्षमता वृद्धि गर्न मागमा आधारित तालिम र अवलोकन भ्रमणका कार्यक्रम आयोजना गरेर शिक्षा क्षेत्रमा गुणात्मक फड्को मार्ने उद्देश्यले राष्ट्रिय रूपमा ख्याति प्राप्त विद्वानहरूको सहयोगमा शैक्षिक सम्मेलनको आयोजना गरिने नगरप्रमुख पन्थीले बताए। युवाहरूमा देखिएको निराशा, डिप्रेसन र लागूऔषध सेवन जस्ता घातक समस्याहरूको न्यूनीकरणका लागि तालिम र परामर्श सहितका विशेष कार्यक्रम सञ्चालन तथा प्रधानाध्यापकहरूको भत्तामा प्रोत्साहन स्वरुप नगरपालिकाबाट शतप्रतिशत भत्ता रकम थप गर्ने बताइएको छ। 

रेसुङ्गा नगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो रेसुङ्गा’ मा स्थानीय जाति, भाषा, संस्कृति र नैतिक शिक्षा समावेश गरी अद्यावधिक  गरिनुका साथै पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन र छपाइ गर्ने नीति अगाडि सारेको छ। युवाहरूको क्षमता र सीप विकास गर्नका लागि  ‘मेयरसँग युवा’ कार्यक्रम सञ्चालन र कक्षा ८ भन्दा माथिका सबै विद्यार्थीलाई वर्षमा कम्तिमा १० कार्यदिन स्वयंसेवकको रुपमा कार्यको थालनी गरिने भएको छ। रेसुङ्गा क्षेत्रको महत्व उजागर गर्नका लागि भारतको अयोध्या र नेपालका मुख्य सहरहरू (नारायणघाट, भैरहवा, बुटवल, दाङ, नेपालगंज) मा विभिन्न बृहत कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पन्थीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.