बजेटको पक्षमा मतदान गर्न एमालेले सांसदलाई जारी गर्यो ह्वीप
काठमाडौं : नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदलाई ह्वीप जारी गरिएको जानकारी दिए।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटलाई निर्णयार्थ पेस गर्ने तयारी भएपछि बैठकमा अनिवार्य उपस्थिति भई बजेटको पक्षमा मतदान गर्न एमालेले ह्वीप जारी गरेको हो ।
यसअघि माओवादी केन्द्रले पनि बजेटको पक्षमा मतदान गर्न सांसद्हरुलाई ह्वीप जारी गरेको थियो। यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि शुक्रबार आफ्ना सांसद्हरुलाई बजेट पारित नभएसम्म अनिवार्य रूपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन निर्देशन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !