वीरगन्जमा ११५ स्वास्थ्यकर्मीले गरे रक्तदान

वीरगन्जमा ११५ स्वास्थ्यकर्मीले गरे रक्तदान
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा ११५ जना स्वास्थ्यकर्मीले रक्तदान गरेका छन्। वीरगन्ज हेल्थ केयर हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीले रक्तदान गरेका हुन्। 

वीरगन्जको रक्त सञ्चार केन्द्र(ब्लड बैंक) मा रगतको अभाव भएपछि केन्द्रको अनुरोधमा शनिबार अस्पताल परिसरमै  रक्तदान कार्यक्रम आयोजना गरिएको हो। 

अस्पतालका चिकित्सकहरू डाक्टर नाजदा खातुन,डाक्टर फिरोज अफजल, डाक्टर इल्ताफ अन्सारी , डाक्टर नौशाद आलम, डाक्टर विष्णुकान्त तिवारी,डाक्टर अजय महतो, डाक्टर धिरज, स्टाप नर्स विन्ध्या प्रधान,खुश्बु नेशाल निशा चौधरी,शारजाह खातुन, ज्योति श्रेष्ठ,रेडियोलोजी अफसर आलम लगायतले रक्तदान गरे। 

अस्पतालका अध्यक्ष डाक्टर अबुलहैस अन्सारीले वीरगन्जको रक्त सञ्चार केन्द्रमा केही दिनयता रगतको अभाव हुँदा उपचारमा नै समस्या भएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.