संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदल गठन

संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंग्याउन कार्यदल गठन
सुन्नुहोस्

काठमाडौं : संक्रमणकालीन न्यायसँग सम्बन्धि विषयलाई टुङ्गो लगाउन मुख्य तीन दलबीच कार्यदल गठन गर्न सहमति भएको छ। बिहीबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन तीन पार्टीबाट एक/एक जना सदस्य रहने गरी कार्यदल बनाउन सहमति भएको हो।

सोही सहमतिपश्चात टीआरसी विधेयकमा सहमति गरेर प्रस्ताव तयार गर्न आइतबार तीन दलबाट एक/एक जना सदस्य रहेको कार्यदल गठन गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। उनका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट प्रमुख सचेतक  रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट आफू र माओवादी केन्द्रबाट उपमहासचिव जनार्दन शर्मा रहेका छन्।

बर्तौलाले कार्यदलले छलफल गरेर टुंग्याउन बाँकी विषयसहितको प्रस्ताव तयार गरेर शीर्ष नेतृत्वलाई बुझाउने जानकारी दिए। कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरेर साझा धारणा बनाउने उनको भनाई छ।

टीआरसी विधेयकका अधिकांश बुँदामा सहमति भए पनि चार बुँदामा सहमति कायम हुन नसकेको नेताहरूले बताएका छन्। तत्कालीन प्रतिपक्ष रहँदा  पीडितलाई न्याय दिनेभन्दा पनि पीडकको सजाय घटाउने निहित स्वार्थ माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाको रहेको विश्लेषण एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। मानव अधिकारका गम्भीर उलंघन गर्नेलाई सजायको दायरामा ल्याउनुपर्ने र आममाफि दिन नहुने पक्षमा एमाले रहेको छ। नयाँ सत्ता समिकरण बनेपछि शान्तिप्रक्रिया र संक्रमणकालीन न्याय टुंग्याउने भने पनि सरकारले ठोस पहल गरेको छैन।

पीडितले न्याय पाउने गरी मात्रै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक टुंग्याउनुपर्ने एमालेले बताउँदै आएको छ। स्वेच्छाचारी ढंगले सजाय घटाउने कुराले संक्रमणकालीन न्यायको उपहास मात्रै हुने एमालेको निष्कर्ष छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.