कृषिबाटै आम्दानी गर्दै नगदेशबासी

कृषिबाटै आम्दानी गर्दै नगदेशबासी
सुन्नुहोस्

भक्तपुर : मध्यपुर थिमि नगरपालिका-७ नगदेशका रोहन साहापाल र महेश्वरी साहापाल हेर्दै खाउँ खाउँ लाग्ने गाँजर पखाल्दै थिए। असारमा लागेको चर्को घामले पसिना पसिना भएका रोहन गाँजर पखाल्दै थिए भने श्रीमती महेश्वरी उनलाई सघाउँदै थिइन्। 

४१ वर्षीय कृषक रोहनले आफ्नो बुबाले अंगालेकाले पेसालाई निरन्तरता दिएको बताए। १२ कक्षासम्म पढेका उनले  बुबा आमालाई सघाउँदा सघाउँदै यही पेसामा आफू पनि लागेको बताए। ‘१२ सम्म बढेको छु। कतै तालिम तथा कक्षा लिएको छैन। आफ्नो परिवारले गरेको पेसालाई नै निरन्तरता दिइरहेको छु,’ उनले भने। यसमा क्षेत्रमा उनी मात्रै होइनन् अधिकांशको पेसा नै कृषि हो। नगदेशका प्रायः कृषकहरू परम्परागत पुस्तौनी कृषि पेसामा संलग्न छन्। 

नगदेश कृषकहरूको बाहुल्य रहेको शहर हो। अधिकांश नगदेशबासीहरूले आफ्नो पुर्खाले हस्तान्तरण गरेको कृषि पेसालाई अपनाउँदै आफ्नो पेसा बनाएका छन्। कृषकहरूले मौसमका आधारमा खेती गर्ने गरेका छन्। 

मौसमे खेतीबाट हिउँदमा कृषकहरूले चम्सुर, पालुंगो, मेथी, धनियाँ, गाजर, सेतो मुला, चुकन्दर, नेपाली लसुन लगाउँछन्। बर्खामा कृषकहरूले रायोको साग, देशी पालुंगो, प्याज, कर्कलो, हरियो प्याज, पाकुचा, सलाद लगायतका साग सब्जी उत्पादन गर्ने गरेका छन्। 

उनीहरूले उत्पादन तरकारी गार्चा तरकारी ब‍जारमा बिक्री वितरण गर्ने गरेका छन्। उक्त तरकारी बजार गार्चा टोलमा  बिहान सञ्चालन हुने गर्दछ। बजारबाट कृषकहरूले बिक्री गरेका तरकारीहरू विभिन्न व्यापारी हुँदै कालीमाटी तरकारी बजार, बलखु तरकारी बजार, नखु, तीनकुन्ने जस्ता प्रमुख क्षेत्र तथा उपत्यका बाहिरका चितवन, नारायणघाट लगायतका स्थानहरूमा समेत पुग्ने गरेका छन्। यहाँको स्थानीयको प्रमुख आय स्रोत नै कृषि हो। 

यही कृषिबाट गरेको आम्दानीबाट उनीहरूले जीवन चलाइरहेका छन्। कृषकका अनुसार वार्षिक २ देखि ४ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ। नगदेशका कृषकहरूले मनोहरा, मूलपानी, काँडाघारी लगायतका स्थानमा कृषि बाली लगाउने गरेका छन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार वडा नम्बर ७ को जनसंख्या १० हजार १ सय ४१ रहेको छ। जसमध्ये करिब ८० प्रतिशत स्थानीय कृषि पेसामा संलग्न छन्। मध्यपूर थिमि नगरपालिका अन्तर्गत कृषि शाखाको तथ्यांक अनुसार राष्ट्रिय कृषक जनगणनामा नगदेशका ३७४ कृषक परिवार र ५ वटा कृषि सहकारी संस्था सूचीकृत भएका छन्।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.