लागु औषधसहित तीन युवा पक्राउ

गोरखा : प्रतिबन्धित लागुऔषध ट्रमाडोल र अनार्गनसहित तीन युवा पक्राउ परेका छन्। लागुऔषध प्रयोग तथा ओसारपसार निमिट्यान्न पार्ने लक्ष्यका साथ सघन चेकजाँच अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गोरखाका १ र पोखराका दुई युवालाई पक्राउ गरेको हो।
सवारी साधनमा लागुऔषध ओसारपसार भए नभएको चेकजाँच गर्ने क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१७प ९४१७ नम्बरको स्कुटरमा सवार पोखरा महानगरपालिका वडा-१४ का १९ वर्षका अशोक नेपाली र पोखरा-२६ का २२ वर्षीय राजन विकलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट चार सय क्याप्सुल ट्रामाडोल र चारसय थान अनार्गन क्याप्सुल नियन्त्रणमा लिएको इप्रका आँबुखैरेनीले जनाएको छ। त्यस्तै पालुङटार नगरपालिका ५ गोरखाका ३० jर्षका शुभप्रभात तामाङलाई पनि ९६ थान ट्रमाडोल क्याप्सुलसहित पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इप्रका आँबुखैरेनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
