महामन्त्रीबाट निलम्बनपछि मुकुल ढकाल भन्छन् : जनताको आवाज बोल्दा रवि लामिछानेविरुद्ध भयो,अब चरित्र हत्याको प्रयास गर्छन्


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीले कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत डा. ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको पत्र थमाइएको स्पष्ट पारेका हुन्।  

बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा.ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै ७ दिन महामन्त्री पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।

जनताको आवाज बोल्दा रवि लामिछानेको विरूद्ध बोलेको हुने भएकाले ढकालले जनताको पक्षमा बोल्नपर्छ भनेर सत्यको पक्षमा बोलिदिएको दाबी गरे।

‘विगत लामो समयदेखि परिचित भएकाले,मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए।’ ढकालले फेसबुकमा निलम्बनको पत्र राख्दै लेखेका छन्,‘मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन् , पार्टी बिग्रिसक्यो , सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाहि भएको छ। बालहठ जस्तो होस् , अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछि पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो , उहाँ पनि जनताकै पक्षमा होला सोचेर , बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ। ’
 
ढकालले सभापति लामिछानेले देश बनाउँछन् भन्ने ठानेर कतिपय कुरा लगत लाग्दा लाग्दै पनि आफूले मानिदिएको बताए। तर, सरकारमा पुगेपछि लामिछानेले देश बनाउँछ वा बनाउँदैन ? जनताले जे भने त्यहि आफूले बोलिदिएको उनको भनाई छ। 

‘२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ , उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए। पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडि अरू कोहि थियो , त्यो आजको बैठकले छर्लङ्ग भएको छ। प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नु भयो।’ उनले भनेका छन्, ‘मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे , मेरो कर्तव्य हो , र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो - यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने , त्यहि बोलिदिए। सोचे , कुर्सीको न्यानोले छोपेको , गाडीको कालो सिसाहरूले  घेरिएको हुनुहुन्छ , सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ , नेता मात्र त चङ्गुलमा फँसे।’


 

यो पनि पढ्नुहोस

लामिछानेले अब आफ्नो चरित्र हत्या हुने गरि केही हल्ला फैलाउने प्रयास गर्ने उनले दाबी गरेका छन्।‘अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केहि परिचालित व्यक्तिहरू छन् , पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा "प्रमाणसहित" यो , त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो , मिडिया क्षेत्रको हेडमास्टर हो म।’उनले लेखेका छन्,‘सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्यो भने "लाइ डिटेक्सन टेस्ट" दिन पनि तयार छु। पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु , त्यो पनि आदेशले , हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु। त्यसपछि ,पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ , कहाँ मैले कार्वाहि गरेको , सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको। मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्धति मान्न पर्छ। फेरि विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

यता केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको रास्वपाका उपसभापति डोल प्रसाद अर्यालको भनाई छ।

अर्यालले ढकाललाई दिएको निलम्बनको पत्रमा भनिएको छ, ‘केन्द्रीय समितिको बैठकमा तपाईंले पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिंदै हिंड्नुभएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८, राष्ट्रिय स्वतन्त्र पार्टीको विधानको धारा ५५.७ (क) र (ख) तथा धारा ५६ (१) तथा केन्द्रीय अनुशासन आयोगको नियमावली, २०८० को नियम ५.२ र परिच्छेद ७ को नियम १४ बमोजिम एवं केन्द्रीय अनुशासन आयोगको सिफारिस बमोजिम केन्द्रीय समितिले महामन्त्री तथा प्रवक्ता पदबाट तत्काल लागू हुने गरी ७ दिनका लागि निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.