गोली प्रहार गरेर लुटपाट गर्ने दुईजना पक्राउ

गोली  प्रहार गरेर लुटपाट गर्ने दुईजना पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा): महोतरीको गौशालामा गोली प्रहार गरेर लुटपाट गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला–९ का ४७ वर्षीय शशि शंकर कापर र महोत्तरी भंगहा–२ का ३० वर्षिय आशिष कुमार कंठ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको छ । गत जेठ २८ गते खोलाको बाटो हुँदै घरतर्फ जाँदै गरेका गौशाला नगरपालिका–११ का ३८ वर्षिय विनय कुमार सिंहमाथि मरहा खोलामा गोली प्रहार गरिएको थियो । 

सिंहलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका कापर र कंठ अपराधि पृष्ठभूमिको रहेको प्रहरीले जनाएको छ । कापरले १० वर्ष र कंठले ३० महिना सजय भोगेको  जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । 

उनीहरुबीच जेलमा बस्दा आपसमा चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार अपराधमा प्रयोग भएको हतियार र मोटरसाइकल समेत बरामद भएको छ ।

पक्राउ परेका दुबैजनालाई हातहतियार तथा खरखजना,चोरी डाका, ज्यान मार्ने उद्योग र संगठित अपराध गरि चार मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.