लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध

१२ घण्टादेखि विद्युत बन्द

लगातारको वर्षाले पाल्पाका अधिकांश ग्रामीण सडक अवरुद्ध
सुन्नुहोस्

तानसेन  : पालपामा ४ दिनदेखि परेको अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो खसेर जिल्ला भित्रका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा ड्म्रे गौडे पुल, कालीमाटी, हिउँदे खोला, झुम्सामा पहिरो खसेर सडक अवरुद्ध भएका हुन्। तानसेन तम्घास सडकतर्फ, तानसेनको ढुङ्गाखानी, हार्थोकको माल्मुम, जोर्ते क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएका हुन्। 

लामो समयसम्म सडक अवरुद्ध नहोस् भनी डिभिजन सडक कार्यालय पाल्पाले विभिन्न स्थानमा लोडर स्काभेटर र जेसिवी डोजर परिचालन गरेको छ।  तानसेन बुटवल सडक खण्डको लागि बरतुङ्ग, झुम्सामा पहिरो पन्छाउन लोडर राखी परिचालन गरिएको छ भने बरतुङ्गदेखि राम्दी क्षेत्रको पहिरो पन्छाउन सिता पहाडमा लोडर राखिएको र तानसेन रिडी क्षेत्रमा झरेको पहिरो पन्छाउन माल्मुङ र अर्गलीमा लोडर र जेसिवी राखी परिचालन गरिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी ईन्जिनियर दुर्गा गौतमले जानकारी दिए।  

पाल्पाको आर्यभन्ज्याङ–रामपुर पक्कि सडक खण्डमा रम्भा गाउँपालिका-५ काउलेपानीमा माथिबाट पहिरो झरी बाटो अवरुद्ध भएको छ।  बगनासकालीको चिलाङदी चापपानी, राम्दी सडक पनि पहिरो कारण अवरुद्ध रहेको छ। पाल्पाका अधिकांश ग्रामीण सडकहरु बन्द हुँदा सदरमुकाम आउजाउ गर्ने सवारी साधन चल्न सकेका छैनन्। ग्रामीण क्षेत्रको यातयात अवरुद्ध हुँदा गाउँबाट सदरमुकाममा दूध, तरकारी लगायतका सामग्री ढुवानी हुन सकेको छैन। 

लगातारको झरी र वर्षाले खोला नाला बढेको, अधिकाश स्थानमा पहिरो झर्ने गरेकोले जनधनको क्षति नहोस् भनी सबै क्षेत्रका प्रहरी चौकीहरुमा कार्यरत प्रहरीहरु लाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ एवम् सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।  अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, यात्रा नगर्न प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।      

विद्युत सेवा अवरुद्ध 

सदरमुकाम तानसेनसहित पाल्पाको अधिकांश स्थानमा १२ घण्टादेखि विद्युत सेवा अवरुद्ध भएको छ। बुटवल बाट तानसेन आउने ३३ के.भी. प्रसारण लाईनको बसन्तपुर झुम्सा क्षेत्रमा र गुल्मीबाट तानसेन आउने ३३ के. भी प्रसारण लाइनको रुरु विर्वास  क्षेत्रमा बिग्रिएको कारण जिल्लाभर विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले जनाएको छ। 

लगातारको वर्षाको कारण काम गर्न केही समय लाग्ने वितरण केन्द्रका प्रमुख दिलिप मरासिनीले जानकारी दिए। प्राविधिकहरू फिल्डमा खटिएका छन् तर लगातारको वर्षाको कारण काम गर्न कठिनाइ भएको मरासिनीले बताए। 

ग्रामीण क्षेत्रहरूमा पनि रुख ढलेर र पहिरोले पोल बगाएर विद्युत सेवा अवरुद्ध रहेको छ। पश्चिम पाल्पाको हार्थोक, बतासे, छहरा क्षेत्रमा अर्घाखाँचीको प्रसारण लाईन केही समयको लागि वितरण गरिएको कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.