सप्तकोशीमा पानीको बहाब बढ्यो
सप्तकोशीमा पानीको बहाब बढेर प्रति सेकेन्ड ३ लाख ८० हजार ८ सय ३० क्युसेक पुगेको छ। पानीको बहाब बढेपछि ५६ वटै ढोका खुल्ला गरिएको छ।
अहिले कोशी ब्यारेजमा सुनसरी प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख एसपी बिपिन रेग्मी लगायतका सुरक्षा प्रमुखहरू स्थलगत निरीक्षण गरेका छन्।
बाढी आएको बेलामा भारत पक्षलाई ब्यारेजका सबै ढोका खोल्न अनुरोध गरिएको एसपी रेग्मीले जानकारी दिए।