गहवामाई रथ यात्रामा उर्लियो भक्तजनको जनसागर (फोटोफिचर)

गहवामाई रथ यात्रामा उर्लियो भक्तजनको जनसागर (फोटोफिचर)
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा आइतबार गहवामाईको दोस्रो रथ यात्रा भव्य रूपमा सम्पन्न भएको छ। गहवमाईको नवनिर्मित मन्दिरको १२ औं वर्ष पूरा भएको शुभ उपलक्ष्यमा आइतबार निकालिएको रथ यात्रामा हजारौं भक्तजनको सहभागिता थियो। 

मन्दिर परिसरबाट काठको रथमा २६ केजी चाँदीबाट निर्मित डोलीमा गहवामाईको प्रतिमा राखेर निस्किएको रथ यात्रा घण्टघर चोक, रेल्वे रोड, अमर चोक, इदगाह चोक, छपकैया, वीर्ता, आदर्शनगर हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको थियो।

विभिन्न झाँकी , पञ्चेबाजा र भगवाधारी झण्डासहित निकालिएको रथ यात्रामा पर्सा, बारा, रौतहट गरी ३ जिल्लाका हजारौं भत्तक्तजनको सहभागिता रहेको रथयात्रा आयोजक समितिका अध्यक्ष श्याम पोखरेलले बताए। उनका अनुसार, गहवामाई मन्दिर प्राङगणमा आइतबार नै साँझ ६ बजेदेखि भजन कीर्तनसहितको धार्मिक कार्यक्रम आयोजना गरिने छ। यस्तै  सोमबार मन्दिर प्राङ्गणमै भण्डारा (प्रसाद वितरण) आयोजना गरिने उनले जानकारी दिए। 

आइतबारको रथ यात्रामा सहभागीताका लागि वीरगन्ज महानगरपालिकाले महानगरमा रहेका सबै विद्यालयहरूमा सार्वजनिक विदा दिएको थियो। यस्तै वीरगन्ज महानगर क्षेत्रमा आइतबार र सोमबार गरी दुई दिनका लागि माछा,मासु र मदिराको बिक्री वितरण र सेवनमा महानगरपालिकाले रोक लगाएको छ। 

मेयर राजेशमान सिंहले वीरगन्जलाई धार्मिक पर्यटनको केन्द्र बनाउन वीरगन्ज महानगरपालिकाले थालेको अभियानलाई गहवामाई रथ यात्राको आयोजनाले टेवा पुर्‍याएको बताए। 

उनले गत  वर्षदेखि नै वीरगन्ज महानगरपालिकाको सहयोग र समन्वयमा मन्दिर सञ्चालक समितिले रथ यात्रा निकाल्न सुरु गरेको र यसले हरेक बर्ष निरन्तरता पाउने पनि बताए। आइतबारको रथ यात्रामा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि जनकपुरबाट आएर सहभागी भएका थिए।   


nullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.