कोशीको लोकसेवा अध्यक्षमा गुरागाईं सिफारिस

कोशीको लोकसेवा अध्यक्षमा गुरागाईं सिफारिस
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशको लोकसेवा आयोगको अध्यक्षमा  नेपाल सरकारका पूर्वसचिव महेन्द्रप्रसाद  गुरागाईंको नाम सिफारिस भएको छ। 

अध्यक्षका लागि प्रदेश सरकारले उनलाई सिफारिस  गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षता आइतबार बसेको सिफारिस समितिको बैठकले उनलाई नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष  सिफारिस गर्ने निर्णय गरेको हो। लामो समय निजामती सेवामा काम गरेका गुरागाईंसँग लोकसेवा आयोगमा काम गरेको अनुभवसमेत छ।  

उनले २ वर्षअघि सेवाबाट अवकाश पाएका थिए। तेह्रथुमको म्याङ्लुङ पुरानो घर भएपनि गुरागाईं परिवारसहित मोरङको मंगलबारेमा बसोबास गर्छन्।   सिफारिस समितिमा मुख्यमन्त्री, प्रदेशसभाका सभामुख र विपक्षी दलका नेता रहने कानुनी व्यवस्था छ। 

प्रदेश लोकसेवा आयोग ऐन, २०७६ अनुसार  आयोगको अध्यक्षको समयावधि ६ वर्षको हुन्छ। यसअघिका अध्यक्ष उत्तम भट्टराईले उमेर हदका कारण  अवकाश पाइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.