पानीको बहाव  बढेपछि सप्तकोसीका ५६ वटै ढोका खोलिए

पानीको बहाव  बढेपछि सप्तकोसीका ५६ वटै ढोका खोलिए
सुन्नुहोस्

धरान : वर्षातको सुरुवातमा नै पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजक सबै ढोका खोलिएका छन्। आइतबार  बिहानदेखि सप्तकोसी मा पानीको बहाव निरन्तर बढ्न थालेपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 

पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा खतराको संकेत स्वरूप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा सवारी साधन सञ्चालनमा समेत सावधानी अपनाइएको एसपी रेग्मीले बताए। पूर्वी पहाडी  जिल्लाहरूमा लगातार  परेको वर्षातका कारण सप्तकोसी नदीमा पानीको बहाव  शनिबारदेखि बढेको हो। 

पानीको बहाव उच्च  भएपछि सुनसर्को मधुवन, प्रकासपुर, राजाबास, महेन्द्रनगर र श्रीलंका टापुको जमिन कटान गर्न थालेपछि ब्यारेजका सबै ढोका खोलिएको हो। शनिबारदेखि सप्तकोसीमा पानीको बहाव निरन्तर बढिरहेको छ। पानीको बहाव बढेपछि भारत पक्षलाई अनुरोध गरेर कोसी  ब्यारेजका सबै ढोका खोलिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए। 

आइतबार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ९३ हजार ७ आय १५ क्युसेक पुगेको एसपी रेग्मीले बताए।  नदीमा प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक पानीको बहाव  पुगेपछि खतरा मानिन्छ। २०६५ भदौ ५ गते कोशीको पूर्वी तटबन्ध कटान गर्दा कोसीमा पानीको बहाव एक लाख ६८ हजार क्युसेक थियो। 

कोसी ब्यारेजका सबै ढोका खोलिएपछि कोसी आसपासका क्षेत्रमा खतरा टरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण  भण्डारीले बताए। उनले सप्तकोसीमा पानीको बहाव बढेकाले कोसीमा दाउरा खोज्न, माछा मार्न र डुङ्गा चलाउन रोक लगाएको बताए। 

सप्तकोसीको बाढिबाट हुने क्षतिलाई नियन्त्रण  गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली सप्तकोसी आसपास क्षेत्रमा परिचालन गरी स्थानीयलाई सतर्क हुन आग्रह गरिएको पनि एसपी रेग्मीले बताए। 

भारतको नियन्त्रणमा रहेको सप्तकोसीमा पानीको बहाव निरन्तर बढेपछि सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी बिपिन रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्य लगायतको टोलीले कोशी ब्यारेजको निरीक्षण गरेको छ। पानीको बहाव बढेपछि सप्तकोसी आसपासका क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक विकास राईले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.