चौताराको नगरसभामा झडप

चौताराको नगरसभामा झडप
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको बजेट सार्वजनिक गर्ने कार्यक्रममा जनप्रतिनिधिबीच झडप भएको छ।

१६औं नगर सभामा बुधबार मध्यान्न बजेट पारित गर्न लाग्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो। सभामा केहीबेर तनावपूर्ण स्थिति सिर्जना भएको थियो। एमाले-कांग्रेस र माओवादी समर्थित जनप्रतिनिधि दुई पक्षमा बाँडिएर झडपमा उत्रिएका थिए। विवाद बढ्दै गएपछि जनप्रतिनिधिहरूबीच मुठभेड भएको थियो। 

भौतिक पूर्वाधारतर्फको बजेट ब्रेकडाउन गरिनुपर्ने र नगरले बहुमतको आधारमा पेलेर जान खोजेको भन्दै कांग्रेस र एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले विरोध जनाएका हु । सो क्रममा वडा नं ३ का वडाध्यक्ष टेकबहादुर तामाङमाथि हातपात भएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। स्थिति नियन्त्रणमा लिन नगर प्रमुख कृष्णप्रसाद सापकोटाले सुरक्षाकर्मी गुहारेका थिए। 

प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि नगरप्रमुख सापकोटाले आर्थिक वर्ष २०८१/८२ को बजेट र केही कार्यविधि सभामा प्रस्तुत गरेका थिए। नारावाजीकै बीच सापकोटाले बजेट र कार्यविधि बहुमतद्वारा पारित भएको घोषणा गर्दै गर्द कांग्रेस-एमालेका जनप्रतिनिधीले एकलौटी तारिकाले बजेट ल्याइएको भन्दै नाराबाजी जारी राखेका थिए। तर, माओवादी समर्थित जनप्रतिनिधिले ताली बजाएर बजेटको स्वागत गरेका थिए। 

नगरमा माओवादीले एकलौटी गरेको आरोप लगाउँदै एमाले-कांग्रेसले केही समयदेखि असन्तुष्टि जनाउँदै आएका थिए। केही साताअघि भएको नगरसभामा भएको भद्र सहमति बजेटमा नसमेटिएको उनीहरूको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.