पहिरोमा परेर बेपत्ता भएका यात्रुहरूको खोजी एवम् उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन

पहिरोमा परेर बेपत्ता भएका यात्रुहरूको खोजी एवम् उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। शुक्रबार बिहान नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं विभिन्न भागमा बाढी पहिरोका कारण भएकोप्रति प्रधानमन्त्रीले दु:ख व्यक्त गरेका हुन्। 

बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिएका छन्।  ‘नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।’उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु।’

nullतस्बिर : अनिल ढकाल

मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धि पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र राहतमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय,प्रादेशिक र स्थानीय सरकारलाई समेत अपील गरेका छन्।

आज बिहान ३:३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्।  काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एञ्जल बस त्रिशूलीमा खसेको हो। गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका छन्।

यता अविरल वर्षापछि पहिरो जाँदा गए राति कास्कीमा एकै परिवारका सातसहित नौ जनाको मृत्यु भएको हो। पहिरोमा दुई जना बेपत्ता छन्। 

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ। ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो।  घरभित्र सुतेका घरधनी अन्दाजी ५०/५१ वर्षका तुलप्रसाद र उनकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए।  
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.