त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो

पहिरोले बगायो यात्रुबाहक बस

त्रिशुलीमा दुईवटा यात्रुबाहक बस खस्यो
सांकेतिक तस्बिर।

चितवन : नारायणघाट मुग्लिन सडक खण्डको त्रिशुली नदीमा यात्रुवाहक बस  खसेको छ। भरतपुर महानगरपालिका-२९ मा रहेको सिमलतालमा  सडक माथिबाट आएको पहिरोले बगाउँदा दुई वटा बस त्रिशुलीमा खसेको प्रहरीले जनाएको छ। 

एउटा काठमाडौंबाट वीरगञ्ज चल्ने र अर्को काठमाडौंदेखि गौर चल्ने बस खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। काठमाडौंबाट गौर जान हिँडेको गणपति डिलक्समा ३० जना यात्रु रहेको बताइएको छ। 

तीन जना सकुशल भेटिएको चितवन प्रहरी प्रवक्ता डिएसपी  भेशराज रिजालले बताए। उनका अनुसार पानी परेकोले उद्धारमा कठिनाइ भएको छ। अहिले मुग्लिन नारायणघाट सडकमा सवारी आवागमन रोकिएको छ। भरतपुरबाट करिब २० किलोमिटरको दुरीमा पर्छ। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , प्रहरी प्रमुख भावेश रिमाल घटनास्थल पुगेका छन्। ‘ हामी घटनास्थल जाँदैछौ। पानी परेकोले उद्धारमा कठिनाइ भएको कुरा आएको छ , ’ प्रजिअ यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.