काठमाडौं-तराई-मधेस द्रूतमार्ग पूरा हुनेमै आशंका

काठमाडौं-तराई-मधेस द्रूतमार्ग पूरा हुनेमै आशंका
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत नेपाली सेनाले बनाउँदै आएको तराई-मधेस द्रूतमार्ग निर्धारित समयमा पूरा हुनेमा आंशका गरिएको छ। उक्त आयोजना २०८३ चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको नेपाली सेनाले दाबी गरेको छ।

सरकारले यो आयोजना २०७४ वैशाखमा नेपाली सेनालाई हस्तान्तरण गरेको थियो। तर सेनाको जिम्मामा गएको सात वर्ष बढी भैसक्दा पनि आयोजनाको भौतिक प्रगति ३८.२६ प्रतिशतमात्र रहेको छ। कूल ७०.९७७ किलोमिटर रहेको यो द्रूतमार्ग निर्धारित समयमा पूरा हुनेमा आशंका गरिएको हो।
 

सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले द्रूतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिएको छ। काठमाडौं तराई-मधेस द्रूतमार्ग आयोजना प्रमुख, प्राविधिक उपरथी कलम विक्रम शाहले आयोजनाका विभिन्न कामहरू एकैसाथ गरिएको हुँदा सुरुवातको भौतिक प्रगति कम भएको जानकारी दिए। 

'आयोजनामा रहेको रुख कटानको काम सक्नकै लागl ११ महिना लागेको थियो। हामीले सुरुवातमा पुल बनाउने, सुरुङ बनाउने, डाँडा कटान गर्नेलगायत असहज र अप्ठ्यारा काम गरिरहेका छौं। ती काम सकेपछि अन्य काम पूरा गर्न सजिलो हुन्छ। एक वर्षमा १० प्रतिशतमात्रै काम भन्नुभन्दा कति अप्ठ्यारा काम भए भन्नु ठूलो कुरा हो। अबको पछिल्लो दिनमा भौतिक प्रगतिले गति लिन्छ,' उनले दाबी गरे। 

आयोजनालाई आवश्यक पर्ने सबै पूर्वाधार उपलब्ध हुँदाहुँदै द्रूतमार्ग निर्माणले किन गति लिएन भन्ने पत्रकारको प्रश्नमा उपरथि शाह अल्मलिएका थिए। उनले भदौ र असोजमा देशभर परेको अविरल वर्षाले द्रूतमार्गको संरचनामा ठूलो क्षति पुगेको बताए। यसका अलावा खोकनाको जग्गा विवाद र रुख कटानमा अनेक झमेला हुँदा भौतिक प्रगतिमा असर देखिएको उनको दाबी छ। उनी भन्छन्, ‘२०७४ वैशाखमा हामीलाई यो हस्तान्तरण भए पनि अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्त गरेर २०७८ देखि मात्र काम सुरु गरिएको हो।'
 
नेपाली सेनाका प्रवक्ता गौरव केसीले सेनाको जिम्मामा भएको यो आयोजना जुनसुकै अवस्थामा पनि पूरा हुने विश्वास दिलाए। आयोजना निर्माणमा सहकार्य गरेका अन्य निकायहरूले सहजता बनाइदिए अलि छिटो प्रगति हुने उनले बताए। 'अन्तिम मितिको अघिल्लो दिनसम्म पनि हामीले निश्चित समयमै पूरा गर्छौं भन्छौं नै,' उनले भने। 

नेपालको जस्तो असहज भौगोलिक अवस्था भएको देशमा केही असहजता आउनु स्वभाविक भएको प्रवक्ता केसीको तर्क छ। अहिलेसम्म यो आयोजनाको वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ। आयोजनाअन्तर्गत रहेको ७ वटा सुरुङमध्ये २ वटा सुरुङको ब्रेक थ्रु सम्पन्न भइसकेको छ। २ वटा सुरुङ निर्माणाधीन छन्। अन्य तीन वटा सुरुङको डिजाइन तथा पूर्व तयारी भइरहेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.