अछामकी बालिका भारतमा आफन्तबाटै बलात्कृत
अछाम : अछामकी एक बालिका आफन्तबाटै बलात्कृत भएकी छिन्। विगत ५ वर्षदेखि रोजगारको सिलसिलामा भारतको गुजरात राज्यको सुरत शहर परिवारसँगै बस्दै आएकी बालिका बलात्कृत भएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार १२ वर्षीया बालिका ३६ वर्षका चिनजानकै पुरुषबाट बलात्कृत भएकी हुन्। बालिकाको परिवारले फागुन ४ गते आरोपीका नाममा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।
साउन २६ गते दिउँसोको समयमा बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको खुल्न आएको छ। घटनाबारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएपछि बालिकाका परिवार भारतबाट अछाम फर्किएका थिए। बालिकाको पेट बढ्दै गएपछि जाँच गराउँदा गर्भ रहेको खुलेको हो।
पीडित परिवारले दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !