३७ मेगावाटको माथिल्लो म्याग्दी निर्माण सुरु

३७ मेगावाटको माथिल्लो म्याग्दी निर्माण सुरु

बेनी : ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण सुरु भएको छ। हाइड्रो इम्पाएर प्रवर्द्धक रहेको आयोजनाको सुरुङ निर्माण कार्यको आइतबार म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर जुग्जालीले धवलागिरु गाउँपालिका–४ नाउराको अडिट २ र सिम्कोश दोभानमा रहेको बाँधको अडिट १ मा विस्फोट गराएर शिलन्यास गरे। 

आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम थालेको जानकारी दिए। ‘पहुँचमार्ग लगायत पूर्वाधार निर्माण सकेर सिम्कोश दोभानको बाँधदेखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण थालिएको छ,’ उनले भने ‘आउटलेटको अडिटबाट पनि केही दिनमा सुरुङ निर्माण सुरु गर्ने तयारी छ।’

माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारबाङदेखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा हुँदै बगर गाउँ नजिकैसम्म करिब २१ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ। 

म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए। 

सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बायाँ किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग बन्ने आयोजनाको विद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ।  

चार किलोमिटर लामो सुरुङ्गबाट ल्याइने पानी तीन सय दशमलव  ८८ मिटर अग्लो हेडबाट विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने भएको छ। आउटलेट देखि विद्युतगृहसम्म सात सय ९७ दशमलव  ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ्। 
 
कुल छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवर्द्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकको पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार रुपैयाँ लगानी रहने छ।  

७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलव  सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ। उत्पादित विद्युत विद्युतगृहदेखि नौ दशमलव  दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङगल सर्किट प्रसारण लाइनमार्फत डाडाँखेत सबस्टेसनमा जोडने हाइड्रो इम्पाएरका अध्यक्ष काजी शेर्पाले बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.