अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परीक्षण

अन्नपूर्णमा उपकरणको प्रयोगबाट योजनाको गुणस्तर परीक्षण

बेनी : म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आधुनिक उपकरणको प्रयोग गरेर विकास आयोजनाहरूको गुणस्तर परीक्षण गर्न थालेको छ। सडक, सिँचाइ, भवनमा गरिएको ढलानको गुणस्तर परीक्षण गर्न आधुनिक उपकरण प्रयोगमा ल्याएको हो। 

आयोजनाहरूलाई गुणस्तरीय, दिगो, निर्माण व्यवसायी र उपभोक्ता समितिलाई जवाफदेही बनाउन उपकरणको प्रयोगबाट गुणस्तर परीक्षण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए।  ‘प्राविधिक शाखाको माग अनुसारका गुणस्तर मापनका यन्त्रहरू व्यवस्थापन गरि प्रयोगमा ल्याएका छौं,’ उनले भने, ‘स्मीथ रिवाउण्ड ह्याम्बर र कोर कटरको प्रयोग गरि ढलानमा गुणस्तर मापन गरेका छौं।’

आँखा र अनुमानको भरमा भइरहेको अनुगमनको कामलाई प्रभावकारी बनाउन उपकरण प्रयोगमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। मापन गरेर तोकिएको गुणस्तर अनुरूप काम भएमा उचित भुक्तानी दिने र यदि गुणस्तर भन्दा कम भएको भएमा त्यही अनुरूप रकम घटाएर भुक्तानी गर्ने उनको भनाइ छ।

अन्नपुर्ण गाउँपालिका–४ नारच्याङमा उपभोक्ता समितिले निर्माण गरेको ४५ मिटर र ठेकेदारले गरेको १०९ मिटर ढलान सडकको गुणस्तर परीक्षण गर्न उपकरणको प्रयोग गरिएको थियो। परीक्षणका क्रममा उपभोक्ता समिति, निर्माण व्यवसायीले तोकिएको गुणस्तर अनुसारको काम गरेको पाइएको गाउँपालिकाका इञ्जिनियर इश्वर भण्डारीले बताए। 

स्थलगत रुपमा उपकरणको सहायताले परीक्षण गरिने नमुनालाई प्रयोगशालामा पनि लगेर पुनः परीक्षण गर्ने गरिएको छ। अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवा कुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, स्थानीय उपभोक्ताहरूको रोहबरमा सडकको गुणस्तर परीक्षण गरिएको थियो। शेर्पा निर्माण सेवा पोखराले १०९ मिटर सडक ढलान गर्न १५ लाख ७३ हजार दुई सय ३८ रुपैयाँ मा ठेक्का सम्झौता गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.