लागुऔषधसहित धरानबाट पाँचजना पक्राउ

लागुऔषधसहित धरानबाट पाँचजना पक्राउ
सुन्नुहोस्

धरान : प्रतिबन्धित लागुऔषधसहित प्रहरीले धरानबाट पाँचजनालाई पक्राउ गरेको छ ।  विशेष  सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट  गएको प्रहरी अधिकृतको टोलीले १७ वर्षीय किशोरीको कोठामा चेकजाँच गर्दा अवैध लागुऔषध ट्रामडोल १४ हजार ९ सय एक क्याप्सुल, स्माजमोल  ७ हजार ४ सय  ९६ ९ सात हजार चार सय छयानब्बे ट्याप्लेट, कोलिबन १ हजार ५ सय ५५क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीले बताए ।

उनीहरूको साथबाट नगद ७६ हजार बरामद गरिएको छ । धरान-४ बस्ने २६ वर्षीय मदन राई, १९ वर्षीय सचिन राई , धनकुटा नगरपालिका-३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतको अररिया जिल्ला इन्द्रगडको २८ वर्षीय रविकुमार सिंहलाई पक्राउ गरिएको डीएसपी भण्डारीले बताए । 

प्रहरीले किशोरी नाबालिक भएकाले उनको परिचय खुलाइएको छैन । पक्राउ परेकाविरुद्द जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डीएसपी भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.