ठमेलको एक होटल प्रहरीको छापा : २० करोडमाथिको कोकीनसहित विदेशी नागरिक पक्राउ

ठमेलको एक होटल प्रहरीको छापा : २० करोडमाथिको कोकीनसहित विदेशी नागरिक पक्राउ
तस्बिर : रासस
सुन्नुहोस्

काठमाडौं : काठमाडौं महानगरपालिका-२९ ठमेलबाट अवैध लागुऔषध कोकीनसहित विदेशी नागरिक पक्राउ परेकी छन्। ठमेलमा रहेको एक होटलबाट ५ केजी ८२० ग्राम अवैध लागुऔषध कोकीनसहित ४७ वर्षीया मलेसियन नागरिक बाथुमलाई भादिभालोलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनी मलेसियाबाट भिजिट भिसामा नेपाल आएर ठमेलको काठमाडौं सिटि होटलमा बसेकी थिइन्। विशेष सूचनाको आधारमा प्रहरीले उनी बसेको कोठामा खानतलासी गरेको थियो। उनको कोठाबाट ६ वटा स्कुल व्यागमा फ्लस बटम बनाएर ५ केजी ८२० ग्राम कोकीन प्रहरीले फेला पारेको हो।

प्रहरी बृत लैनचौर र जिल्ला प्रहरी परिसरको टोलीले होटलको कोठामा खानतलासी गरेको थियो। बरामद गरिएको लागुऔषधको अन्दाजी मूल्य २० करोड ३७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेका अनुसार टकपटक नेपाल आउँदा लागुपदार्थको ओसारपसार गर्ने गरेको हुनसक्ने निष्कर्षसहित अनुसन्धानलाई व्यापक बनाइएको छ। महिलाले कोकिन काठमाडौँलाई ‘ट्रान्जिट’ बनाएर भारत पठाउन लागेको प्रहरीको आशंका छ। उक्त कोकिन लिन आउने व्यक्तिको खोजी तीव्र पारिएको र थप अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.