डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला लाग्ने

डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला लाग्ने
सुन्नुहोस्

भक्तपुर : भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा ३८ दिने श्रावणी मेला लाग्ने भएको छ। डोलेश्वर महादेव मन्दिर  व्यवस्थापन समितिले आउने साउन १ गतेदेखि भदौ ६ गतेसम्म डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले पत्रकार सम्मेलन आयोजना गरी मेला लाग्ने र सम्पूर्ण तयारी सकिएको जनाएको हो। 

समितिका अनुसार साउन १ गते बिहान ७ बजे चन्द्रविनायक गणेशमन्दिरदेखि डोलेश्वर मन्दिरसम्म कलश यात्रा गरी मेला सुरु हुने छ। यसैगरी हरेक सोमबार र शनिबार धार्मिक गुरुहरूबाट प्रवचन , कलाकारहरूद्वारा भजन कीर्तन गराइने छ। 

प्रत्येक दिन स्थानीय गुरुहरूबाट नित्य पूजा हुने, बीमाला गंगा आरती हुने र अन्तिम दिन गर्व गृहमा भक्तजनहरूका लागि धोका खुला गर्ने र यज्ञको पूर्णाहुती सहित मेला सम्पन्न हुने छ। 

मेलालाई  व्यवस्थित रूपमा सञ्चालन गर्न समितिका अध्यक्ष धर्मराज बस्नेतको संयोजकत्वमा मुल समिति गठन गरिएको छ। साथै पूर्वअध्यक्ष राजाराम थापाको संयोजकत्वमा व्यवस्थापन उपसमिति लगायत विभिन्न उपसमिति गठन गरी तयारी गरिएको छ।

सम्मेलनमा सुरक्षा व्यवस्थाका लागि जिल्ला प्रहरी परिसर भक्तपुर, महानगरीय प्रहरी वृत जगाती, डोलेश्वर प्रहरी चौकीलाई सुरक्षा व्यवस्थापनको जिम्मा दिएको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी परिसरलाई ट्राफिक व्यवस्थापनको जिम्मा दिएको जनाएको छ। 

मन्दिरको पुनर्निर्माणका लागि रकम जुटाउने उद्देश्यले केही वर्षदेखि आयोजना हुँदै आएको मेलामा समितिले सम्पन्न गर्न करिब १० लाख खर्च हुने अनुमान गरेको बताएको छ। यस्तै मेलाबाट भक्तजनहरूले मेला अवधि भरी चढाएको भेटी, दक्षिणा र निर्माण सहयोगीहरूबाट गरी १ करोड रुपैया संकलन हुने बताएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.