डडेलधुरामा मृत चितुवा फेला
डडेलधुरा : डडेलधुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-१ छब्बिसे मोडस्थित जानकी सामुदायिक वनमा चितुवा मृत अवस्थामा फेला परेको छ।
चितुवाको पोस्टमार्टम गरेर जिल्ला वन परिसरमा खाल्डोमा गाडिएको डिभिजन वन कार्यालय डडेलधुराका प्रमुख सुरेश चन्द्र डिसीले बताए।
उनले जनप्रतिनिधि, प्रहरी र पत्रकारहरूको रोहबरमा चितुवालाई खाडलमा पुरिएको बताए।
प्रतिक्रिया दिनुहोस !