तारकेश्वरमा आधुनिक प्रहरी कार्यालय भवन निर्माण

तारकेश्वरमा आधुनिक प्रहरी कार्यालय भवन निर्माण
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको दाङसिङमा प्रहरी कार्यालय भवन निर्माण गरिएको छ । आफ्नै भवन निर्माण भएपछि प्रहरीलाई सेवा सञ्चालनमासमेत सुविधा पुगेको छ। 

तारकेश्वर गाउँपालिका १ दाङसिङमा नेपाल सरकारको कुल दुई करोड १७ लाख ९० हजार चारसय १४ रुपैयाँको लागतमा दाङसिङ प्रहरी चौकीको निर्माण गरिएको हो । नवसनर्मित सो प्रहरी कार्यालय भवनको बुधवार बागमती प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक विष्णुकुमार केसीले उद्घाटन गरे । 

उनले सर्वसाधारणको जिउधनको सुरक्षा गर्नु र शान्तिसुरक्षामा प्रभावकारिता ल्याउनु प्रहरीको पहिलो कर्तव्य भएको उल्लेख गर्दै भवन निर्माणसँगै गाउँबासीले प्रहरीबाट प्रभावकारी रुपमा शान्ति सुरक्षा प्राप्त गर्ने विश्वास व्यक्त गरे । नेपाल सरकारबाट विनियोजित रकमबाट भुकम्प प्रतिरोधी साँढे दुई तले १० कोठे व्यारेकसहितको प्रहरी चौकी भवन सञ्चालन गरिएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । 

भवन नुहुँदा यसअघि टहरोमा अस्थायी रूपमा बसेर प्रहरीले सेवा गर्दै आएको थियो । सो दाङसिङ प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी कार्यरत रहेका छन् । 

प्रहरी चौकी कार्यालय तथा ब्यारेक भवन उद्घाटन कार्यक्रममा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरल, उपाध्यक्ष हरिप्रसाद रिमाल, सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंलगायतले भवन निर्माणबाट भएको सुविधा र सेवाका सम्बन्धमा चर्चा गरेका थिए ।  उक्त भवन निर्माण कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका विभिन्न व्यक्तिहरूलाई प्रशंसा– पत्र प्रदान गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.