चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माण

चिमखोलामा स्वास्थ्य चौकी भवन निर्माण
सुन्नुहोस्

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ। रघुगंगा गाउँपालिकाले १ करोड ६७ लाखको लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो। 

आर्थिक वर्ष २०७८/०७९ मा सुरु भएको भवन निर्माण योजना यसै वर्ष सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमल बहादुर चोखालले बताए। सो भवन निर्माणका लागि भगवती मालिका कन्ट्रक्सनले ९७ लाख ७१ हजार २५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो। आर्थिक वर्ष २०७८/७९ मा ६९ लाख ५६ हजार ८७६ रुपैयाँमा सम्झौता गरेको वृद्ध निर्माण सेवाले जग्गा व्यवस्थापन र १ तले भवनको संरचना तयार पारेको थियो। 

पछिल्लो पटक भएको ठेक्का सम्झौता मार्फत पहिलो घुई तलाको पलास्टर, पहिलो तलामा २ वटा कोठा, पर्खाल निर्माण, तारवार, रंगरोगन, विद्युत पानी जडानको काम भएको भगवति मालिका कन्ट्रक्सनका सञ्चालक विजय भट्टचनले बताए।  

भुई तलामा स्वास्थ्यकर्मी, उपचार, औषधी भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा २ परिवारका लागि आवास कोठा छन्। भवन निर्माणका लागि स्थानीयबासीको १० लाख र रघुगंगा गाउँपालिकाको १० लाख रुपैयाँ बजेटमा ५ रोपनी जग्गा खरिद गरिएको थियो। 

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकबहादुर पाइजा (रिम)ले बताए। हाल साँघुरो कोठा भएको कच्चि भवनबाट स्वास्थ्य चौकी सञ्चालन हुदै आएको छ। सुविधासम्पन्न भवन बनेपछि सेवा प्रवाह सहज हुने वडा अध्यक्ष पाइजाले बताए 

यसअघि गत वर्ष रघुगंगा गाँउपालिका– ४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्य चौकीको भवन निर्माण गरेको थियो। ८ वटा वडा रहेको रघुगंगाको वडा नम्बर १ बेग बाहेकका वडामा रहेका स्वास्थ्य चौकीको निर्माण भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.