अवैध भरुवा बन्दुकसहित वृद्ध पक्राउ
![अवैध भरुवा बन्दुकसहित वृद्ध पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Pakrau_arrest_20211205143058_k2YYqUppZs_rxM8NDWasA.jpg)
नुवाकोट : अवैध रूपमा राखिएको भरुवा बन्दुकसहित नुवाकोटको ओख्लेबाट वृद्ध पक्राउ परेका छन्।
ककनी गाउँपालिका-४, ओख्लेका ६० वर्षीय कृष्णबहादुर तामाङको घर कोठामा छापा मार्दा अवैध रुपमा राखिएको एक थान भरुवा बन्दुक फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी ककनी नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले उनलाई पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)