दिल्ली पब्लिक स्कुल बसमा भारतबाट मालसामानको तस्करी

दिल्ली पब्लिक स्कुल बसमा भारतबाट मालसामानको तस्करी
सुन्नुहोस्

वीरगन्ज : चौधरी ग्रुपद्वारा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने स्कुल बसले भारतबाट मालसामानको तस्करी गर्दै आएको खुलासा भएको छ। विद्यार्थी ओसार्ने बहानामा दिल्ली पब्लिक स्कुलको बसमा भारतको रक्सौलबाट नेपालमा मालसामानको तस्करी हुँदै आएको रहस्य खुलेको हो।

बाराको परवानीपुर गाउँपालिका-४ चैनपुरमा सञ्चालित दिल्ली पब्लिक स्कुलको विद्यार्थी ओसार्ने प्रदेश २(०३(००१ क ०११६ नम्बरको स्कुल बसबाट राजश्व छलेर भारतबाट वीरगन्ज ल्याउँदै गरिएको ३ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्यको कपडा र मोबिल सशस्त्र प्रहरीले बरामद गरेको छ।

शुक्रबार रक्सौलमा विद्यार्थीहरूलाई पुर्‍याएर फर्किँदै गरेको उक्त स्कुल बसलाई वीरगन्ज भन्सार क्षेत्रमा रोकेर सशस्त्र प्रहरीले चेकजाँच गर्दा बसभित्रबाट राजश्व छलीको २ लाख ६३ हजार ७ सय रुपैयाँ मूल्य बराबरका कपडा र मोबिल बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी दिए।

बरामद उक्त सामान र बससहित बसका चालक बाराको परवानीपुर गाउँपालिका-४ का ३२ वर्षीय किशोरी राम र सहचालक वीरगन्ज-११ श्रीपुरका ४२ वर्षीय दीपक गिरीलाई पनि नियन्त्रणमा लिइएको रिजालले जानकारी दिए।

बरामद सामानको २ लाख ६३ हजार ७ सय र बसको ३० लाख गरी कूल ३२ लाद ६३ हजार रुपैयाँ मूल्यांकन गरेर चालक र सहचालकसहित आवश्यक कारबाहीका लागि शुक्रबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.